PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

वाम गठबन्धन समृद्धिका लागि हो, कसैकाविरुद्ध होइनः कृष्णबहादुर महरा



पहिलोपोस्ट

वाम गठबन्धन समृद्धिका लागि हो, कसैकाविरुद्ध होइनः कृष्णबहादुर महरा

दाङ : नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले ५ नं प्रदेशको राजधानी दाङ बनाउन आफू कटिबद्ध रहेको बताएका छन्। 

घोराहीको रतनपुरमा सोमबार आयोजित कार्यक्रममा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार महराले यस क्षेत्रको विकासमा आफूले उल्लेख्य योगदान गरेकाले सबै पार्टीका कार्यकर्ताले आफूलाई सहयोग गर्ने बताए। 

वाम गठबन्धन कसैका विरुद्ध नभएर समग्र मुलुकको विकास र समृद्धिका लागि भएको उल्लेख गर्दै महराले निर्वाचनपछि वामपन्थीको सरकार बन्ने जिकिरका साथ माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता हुने स्पष्ट पारे।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell