PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

६० वर्षपछि विश्वकपमा छनोट हुन सकेन इटली



पहिलोपोस्ट

६० वर्षपछि विश्वकपमा छनोट हुन सकेन इटली

चार पटक विजेता इटली अर्को वर्ष रसियामा हुने वश्वकपमा छनोट हुन असफल भएको छ। युरोपेली प्लेअफ अन्तर्गत स्वीडेनसँग दुई लेगको खेलमा १-० ले पराजित भएपछि इटली विश्वकप खेल्नबाट बन्चित भएको हो।

दोस्रो लेग गोलरहित बराबरीमा सकिएपछि पहिलो लेगको नतिजा नै स्वीडेनलाई विश्वकप पूर्‍याउन पर्याप्त बन्यो।

सन् २००६ को विश्वकप विजेता इटली ६० वर्षयता पहिलो पटक विश्वकपमा छनोट हुन असफल रह्यो।

पछिल्लो पटक इटली १९५८ को विश्वकपमा छनोट हुन सकेको थिएन। अहिलेसम्म भएका २० मध्ये इटलीले १८ विश्वकप खेल्दै चार पटक उपाधि जितेको थियो। सन् १९३० को पहिलो र १९५८ को विश्वकप मात्र इटलीले खेलेको थिएन।

यस्तै रुसमा हुने विश्वकपमा छनोट नहुने इटली एक मात्र पूर्व विजेता समेत बनेको छ।

पाँच पटकको विजेता ब्राजिल चार पटकको विजेता जर्मनीसँगै २-२ पटकको विजेता अर्जेन्टिना र उरुग्वे तथा १-१ पटकको विजेता इंगल्याण्ड, फ्रान्स र स्पेन सबैले अर्को वर्ष हुने विश्वकपको टिकट काटिसकेका टन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell