
इटलीका भेट्रान गोलरक्षक जियानलुजी बफोनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। अन्तिम पटक विश्वकप खेल्ने योजना बनाइरहेका बुफोनले उनको राष्ट्र इटली नै विश्वकपमा छनोट हुन नसकेपछि सन्यास लिएका हुन्।
युरोपेली प्लेअफको दोस्रो लेग गोलरहित बराबरीमा सकिएपछि इटली स्वीडेनसँग १-० लेपराजित हुँदै विश्वकपको होडबाट बाहिरिएको हो।
बफोनले सन् २००६ मा इंटलीका लागि विश्वकप विजेता थिए।
‘यो दु:ख छ की मेरो अन्तिम खेलमा विश्वकपका लागि छनोट हुन नसक्नु संयोग गरह्यो।’ ३९ वर्षे बफोनले भने। बफोनसँगै उनको युभन्ट्स सहकर्मी आन्द्रे बार्जाली र रोमा मिडफिल्डर डयानिएल डे रोसीले पनि सन्यास घोषणा गरेका छन्।
दुई दशक लामो करियरमा बुफोनले इटलीका लागि १७५ खेल खेलेका छन्। उनी इटलीका लागि सर्वाधिक खेल खेल्ने खेलाडि समेत हुन्। बफोनले सन् १९९७ मा रुस विरुद्ध इटलीका लागि डेब्यु गरेका थिए।