PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एसीसी यू १९ एसिया कप: वर्षाका कारण नेपाल र मलेसियाबीचको खेल सुरु भएन



पहिलोपोस्ट

एसीसी यू १९ एसिया कप: वर्षाका कारण नेपाल र मलेसियाबीचको खेल सुरु भएन

काठमाडौं: वर्षाका कारण मंगलबार हुने एसीसी यू–१९ युथ एसिया कप अन्तर्गत नेपाल र मलेसियाबीचको खेल ढिलो सुरु हुने भएको छ। नेपाली समयअनुसार सवा ७ बजे खेल सुरु हुने भए पनि टस हुन सकेको छैन।
 

नेपालले आज महत्वपूर्ण खेल बायुमायस ओभलमा आयोजक मलेसियासँग खेल्दैछ। यस्तै समूह ए'मा भारत र बंगलादेशबीच भने खेल भइरहेको छ। बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि भारतले पहिले ब्याटिङ गरिरहेको छ।  तर पानी परेपछि यो खेल पनि रोकिएको छ।

समूह बी'को अफगानिस्तान र युएईबीचको खेल पनि वर्षाका कारण सुरु हुन सकेको छैन। 

 नेपाल र मलेसियाबीच खेल हुने बायुमास ओभलमा पानी परिरहेको र अम्पायरले ग्राउण्ड निरीक्षण गरेपछि टस हुने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell