PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

रुपन्देहीमा कांग्रेस र राप्रपा प्रजातान्त्रिकले बनाए संयुक्त चुनावी मोर्चा



पहिलोपोस्ट

रुपन्देहीमा कांग्रेस र राप्रपा प्रजातान्त्रिकले बनाए संयुक्त चुनावी मोर्चा

बुटवल: आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त लोकतान्त्रिक गठबन्धन बनाएका नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले रुपन्देहीमा पनि संयुक्त चुनावी मोर्चा बनाएका छन्।

निर्वाचनको तयारीका लागि यी दुवै पार्टीले निर्वाचन परिचालन कमिटी निर्माण गर्ने र संयुक्त निर्वाचन अभियान सञ्चालन गरेका छन्।

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले रुपन्देहीमा प्रतिनिधिसभामा क्षेत्र नं ३ मा राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष तथा वर्तमान स्वास्थ्य मन्त्री दीपक बोहरालाई नेपाली काँग्रेसले समर्थन गरेको छ भने अन्य चार निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई राप्रपा प्रजातान्त्रिकले समर्थन गरेर निर्वाचनमा गएका छन्।

यस्तै, निर्वाचनको तयारीका क्रममा जिल्लाको क्षेत्र नं १ मा नेपाली कांग्रेस क्षेत्रीय सभापति हिराबहादुर खत्रीको संयोजकत्वमा दुवै पार्टीको पाँच हजार १०१ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।

यसको सहसंयोजकमा सीताराम सिंह र सचिवमा वैजनाथ सहनी रहेका छन्। त्यसैगरी, नेपाली कांग्रेस जिल्ला सदस्य वासुदेव रिमालको संयोजकत्वमा दुई हजार ५०० सदस्यीय प्रदेश सभा ‘क’ तर्फ निर्वाचन प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ। यसको सहसंयोजकमा वीरबहादुर क्षेत्री रहेका छन्।

कार्यक्रम नेपाली कांग्रेस क्षेत्रीय सभापति हिराबहादुर खत्रीको सभापतित्व, खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भएको थियो। सोही अवसरमा राज्यमन्त्री रज्जाकले लोकतान्त्रिक गठबन्धनलाई जिताउन सबै एक हुने बेला आएको बताए।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का केन्द्रीय सदस्य एवं क्षेत्र नं १ का प्रदेशसभा उम्मेदवार ताहिर अली, पूर्व राज्यमन्त्री दुर्योधनसिंह चौधरीलगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो।

यसैगरी, नेपाली काँग्रेस क्षेत्र नं ५ का प्रतिनिधिसभाका उम्मेदवार भरतकुमार शाहले नेपाली काँग्रेसको जितलाई कसैले रोक्न नसक्ने बताए।

निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित प्रचारप्रसार कार्यक्रममा पूर्व अर्थ राज्यमन्त्री शाहले विकास निर्माणका अधुरा काम पूरा गर्नकालागि आफूले उम्मेदवारी दिएको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell