
चितवन: चितवनको भरतपुरस्थित एक होटेलबाट प्रहरीले १२ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मकवानपुर जिल्लाको राक्सीराङ गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष १८ को बिराज मोक्तान र सोही ठाउँका १६ बर्षीया देवराज मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रभु प्रसाद ढकालले बताए।
ढकालका अनुसार प्रहरीको नियमित चेकजाँचका क्रममा उनीहरुलाई आइतबार बेलुकी साँढे ५ बजे भरतपुर महानगरपालिका ९ स्थित केन्द्रीय बस टर्मिनल नजिकैको होटल गोर्खा प्यालेसको कोठा नम्बर १०३ बाट पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई जिल्ला अदालत चितवनबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ।