PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नियमावली विपरीत प्रहरीमा अब १५ एआइजी



पहिलोपोस्ट

नियमावली विपरीत प्रहरीमा अब १५ एआइजी

काठमाडौं: नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी)मा थप चार जना बढुवा सिफारिस भएका छन्।

प्रहरी प्रधान कार्यालय नक्सालको सिफारिसमा गृह मन्त्रालयले चार अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने सिफारिस सूची प्रकाशित गरेको हो। बढुवा हुनेमा मधुप्रसाद पुडासैनी, पंकज श्रेष्ठ,  हेमन्तबहादुर पाल र माधव नेपाल रहेका छन्।

हेमन्तबहादुर पालले सबैभन्दा बढी कुल १ सय पूर्णाङ्कमा ७५ दशमलव ३४ अंक पाएका छन्। त्यस्तै पुडासैनीको ७४ दशमलव ५२ अंक छ।

यस्तै नेपालको ७२ दशमलव ८९ रहेको छ। चौथो स्थानका पंकज श्रेष्ठले  ७२ दशमलव ८२ अंक पाएका छन्। यसअघि ७ जना एआईजी दरबन्दी भएकोमा गृहमन्त्री जनार्दन शर्माको पालामा ४ दरबन्दी थपेर ११  पुर्‍याइएको थियो। थप ४ सहित एआइजीको सङख्या १५ पुगेको छ। प्राविधक तर्फ भने एक एआइजी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell