PahiloPost

Jun 24, 2026 | १० असार २०८३

जिपको ठक्करबाट बालाजुमा साइकलयात्रीको मृत्यु



पहिलोपोस्ट

काठमाडौँ :  बालाजुमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। गएराति नम्बर नखुलेको जिपको ठक्करबाट घाइते भएका नुवाकोट गेर्खुका शेखर प्याकुरेलको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो। 

यस्तै, साइकलको पछाडि रहेका तनहुँ दमौलीका मन्दीप परियारको पिपल्स अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि जिपसहित चालक फरार रहेको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell