PahiloPost

Jun 24, 2026 | १० असार २०८३

एसीसी यू-१९ एसिया कप : खेल २४ ओभरमा घटाइयो, नेपालले टस जितेर मलेसियाविरुद्ध फिल्डिङ गर्ने



पहिलोपोस्ट

एसीसी यू-१९ एसिया कप : खेल २४ ओभरमा घटाइयो, नेपालले टस जितेर मलेसियाविरुद्ध फिल्डिङ गर्ने

काठमाडौं : एसीसी यू–१९ युथ एसिया कपअन्तर्गत नेपाल र मलेसियाबीचको खेल २४ ओभरमा घटाइएको छ। यस्तै नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

मलेसियाको बायुमास ओभलमा पानी परेपछि खेल निर्धारित समयभन्दा झण्डै ४ घण्टापछि शुरु हुन लागेको हो।

सेमिफाइनल पुग्न मलेसिया विरुद्धको खेल नेपालको लागि निकै महत्वपूर्ण छ। यस्तै समूह ए मा भारत र बंगलादेशबीचको खेल वर्षाले प्रभँवित भएपछि ३२ ओभरमा घटाइएको छ।

मलेसिया विरुद्ध खेल्ने नेपाली टोलीमा अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन भएको छ। अलराउण्डर पवन सराफको स्थानमा प्रनित थापा मगरले मलेसिया विरुद्ध खेल्नेछन्।

 

मलेसियाविरुद्ध नेपाली टोली :
जितेन्द्र सिंह, अासिफ शेख (विकेटकिपर), अनिल कुमार साह, दिपेन्द्र सिंह एेरी, रोहितकुमार पौडेल, भीम सार्की, प्रनित थापामगर, कमल सिंह एेरी, किशोर महतो, सन्दिप लामिछाने, शाहब अालम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell