PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

मतदातालाई प्रचण्डको आग्रहः मत किन्न खोज्नेको पैसा कब्जा गर्नुस्



पहिलोपोस्ट

मतदातालाई प्रचण्डको आग्रहः मत किन्न खोज्नेको पैसा कब्जा गर्नुस्

 चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको युग विकास र समृद्धिको भएको बताएका छन्। 

भरतपुर महानगरपालिका–१७ स्थित हरैया चोकमा आज बिहान भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले पनि विकास र समृद्धिकै परिकल्पना गरेको बताए।

उनले भने,‘अबको युग समृद्धिको युग हो, विकासको युग हो, मैले १० महिनाको प्रधानमन्त्री कालमा जुन काम गरेँ, त्यो विकास र समृद्धिप्रतिकै संकल्प हो, आर्थिक समृद्धि र समाजवादबाहेक अर्को कुनै सपना छैन।’

प्रचण्डले आफूले निर्वाचनपछि समाजवादको सपना देखेको बताए। उनले मतदातालाई किन्न खोज्नेको पैसा कब्जा गर्न आग्रह पनि गरे।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell