PahiloPost

Jun 24, 2026 | १० असार २०८३

'टप मोडल २०१७' को जिते पुरुषोत्तम र सबिनाले



पहिलोपोस्ट

'टप मोडल २०१७' को जिते पुरुषोत्तम र सबिनाले

काठमाडौँ: 'टप मोडल २०१७'का लागि पुरुषोत्तम मल्लिक र सबिना भण्डारी विजेता घोषित भएका छन्। फेशन संसार डट कमको आयोजनामा सम्पन्न भएको ग्रान्ड फिनालेमा महिला र पुरुषतर्फको शिर्ष उपाधी उनीहरुले जितेका हुन्।

टप मोडल २०१७ मा पुरुषतर्फ फर्स्ट रनर्स अप विकल्प शर्मा र सेकेन्ड रनर्स अप गणेश चन्द बन्न सफल भए। त्यस्तै महिलातर्फ फर्स्ट रनर्स अप रन्जिता भट्टराई र सेकेन्ड रनर्सखअप संगीता थापा भएl

प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो। 'उनिहरुको आत्मविश्वासलाई बलियो बनाइ उनीहरुको प्रतिभालाई उजागर गराउने उदेश्यले हौं', आयोजक फेशन संसार डट कमको सीई ओ ओम ढुंगेलले बताएl



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell