PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

युरोपेली संघका २३ देशले गरे रक्षा सम्झौतामा हस्ताक्षर, सुरक्षाका लागि सहकार्य गरिने



पहिलोपोस्ट

युरोपेली संघका २३ देशले गरे रक्षा सम्झौतामा हस्ताक्षर, सुरक्षाका लागि सहकार्य गरिने
फोटो श्रोतः qz.com

ब्रसेल्स :  युरोपेली संघमा आवद्ध २३ देशका रक्षा मन्त्रीहरुले एउटा रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। देशको सुरक्षा व्यवस्थापनका लागि सहकार्य गर्ने उद्देश्यले छुट्टै तर साझा स्थायी संयन्त्र वा संरचना बनाउने सम्बन्धि सम्झौतापत्रमा उनीहरुले हस्ताक्षर गरेका हुन्। 

सम्झौतापत्र हस्ताक्षरपछि युरोपेली संघको विदेश नीति प्रमुख फेडेरिका मोघेरीनीलाई हस्तान्तरण गरिएको छ। मोघेरिनीको विदेश मामिला परिषद्ले जारी गरेको वक्तव्यमा दिगो सहकार्य संरचना सम्बन्धि ऐनले संघमा आवद्ध देशहरुको सुरक्षाका विषयमा सम्भव भएसम्म नजिक रहेर सँगसँगै काम गर्ने कुरामा जोड दिएको उल्लेख छ। 

उनीहरुले सुरक्षा सहकार्यलाई थप बलियो र प्रतिबद्ध बनाउनका लागि यसले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। 

सुरक्षा सम्वन्धी स्थायी संरचना बनेपछि त्यसले संघका आवद्ध देशहरुलाई सुरक्षा क्षमता बृद्धि, आदानप्रदान गरिएका आयोजनाहरुमा लगानी, सुरक्षा तयारीमा सहयोग, सुरक्षा कारबाहीका लागि तयारीमा सुधार, सुरक्षाकर्मीहरुलाई सहयोगलगायतमा सजिलो हुने अपेक्षा गरिएको छ। 

बेलायतबाहेक, डेनमार्क, पोर्चुगल, इजरायल र माल्टाले पनि सुरक्षा सम्झौतामा सहभागी हुने की नहुने भन्ने बारेमा निर्णय गरेका छैनन्। 

यस्तो संरचना बनाउन गत जुनमा भएको सम्मेलनमा शीर्ष नेताहरुले युरोपेली परिषद्मा छलफलगरी सहमति जनाएका थिए। रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell