PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

अत्याधिक रक्तस्रावका कारण म्याग्दीमा सुत्केरीको मृत्यु



पहिलोपोस्ट

म्याग्दी :  अत्याधिक रक्तस्रावका कारण म्याग्दीमा एक सुत्केरीको मृत्यु भएको छ। धौलागिरि गाउँपालिका– ४ खिवाङकी २३ वर्षीया शर्मिला रसाइलीको रक्तस्रावका कारण मृत्यु भएको हो। आइतबार बिहान घरमै सुत्केरी भएकी रसाइलीलाई साल अड्किएपछि ताकम स्वास्थ्यचौकीमा पुर्याइएको थियो । 

ताकम स्वास्थ्यचौकीमा साल झिकिए पनि उनको शरीरमा रगतको कमी भएपछि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको थियो। दरवाङ ल्याउँदै गर्दा आइतबार साँझ उनको बाटामै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रोशन न्यौपानेले जानकारी  दिए। 

शिशुको अवस्था भने सामान्य छ। खिवाङ गाउँ म्याग्दीको विकट बस्तीमध्येमा पर्छ। दुर्गम ग्रामीण क्षेत्रका महिला अझै पनि घरमै जोखिमपूर्ण तरिकाले सुत्केरी हुने गरेका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell