
काठमाडौं : एसीसी यू–१९ युथ एसिया कपअन्तर्गत समूहको अन्तिम खेलमा आयोजक मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य दिएको छ।
वर्षाले प्रभावित बनेपछि २४ ओभरमा घटाइएको खेलमा मलेसिया पूरै ओभर समेत खेल्न सकेन। नेपालको धारिलो बलिङसामु मलेसिया १५.३ ओभरमा ४५ रनमै अलआउट भयो।
मलेसियाली इनिङ्स ध्वस्त पार्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। यस्तै कप्तान दीपेन्द्र सिंह ऐरी र शहाब आलमले २-२ विकेट लिए। अनिल शाहले १ विकेट झारे।
MAL(U-19) had no answer for this man today! @MalaysiaCricket are bundled out for a meagre 45 in 15.3 overs. #MALvNEP #ACC #YAC pic.twitter.com/1tzeXcZkVp
— AsianCricketCouncil (@ACCMedia1) November 14, 2017
मलेसियाका लागि यइद अजिज मुबारकले सर्वाधिक २० रन बनाए भने कप्तान भिरनदिप सिंहले १० रन जोडे। बाँकी खेलाडीले दोहोरो अक समेत छुन सकेनन्।
नेपालले यस खेल जितेमा सेमिफाइनल पुग्ने सम्भावना कायम रहनेछ। तर भारत र बंगलादेश बीचको खेलको नतिजा पनि कुर्नुपर्नेछ। नेपाल विजयी भएमा र बंगलादेशले भारतलाई पराजित गरेमा नेपाल र बंगलादेश सेमिफाइनल पुग्नेछ।