PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

एसीसी यू-१९ एसिया कप : सन्दीपको ५ विकेट, नेपाललाई ४६ रनको लक्ष्य



पहिलोपोस्ट

एसीसी यू-१९ एसिया कप : सन्दीपको ५ विकेट, नेपाललाई ४६ रनको लक्ष्य
फाइल फोटो

काठमाडौं : एसीसी यू–१९ युथ एसिया कपअन्तर्गत समूहको अन्तिम खेलमा आयोजक मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य दिएको छ।

वर्षाले प्रभावित बनेपछि २४ ओभरमा घटाइएको खेलमा मलेसिया पूरै ओभर समेत खेल्न सकेन। नेपालको धारिलो बलिङसामु मलेसिया १५.३ ओभरमा ४५ रनमै अलआउट भयो।

मलेसियाली इनिङ्स ध्वस्त पार्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। यस्तै कप्तान दीपेन्द्र सिंह ऐरी र शहाब आलमले २-२ विकेट लिए। अनिल शाहले १ विकेट झारे।
 

मलेसियाका लागि यइद अजिज मुबारकले सर्वाधिक २० रन बनाए भने कप्तान भिरनदिप सिंहले १० रन जोडे। बाँकी खेलाडीले दोहोरो अक समेत छुन सकेनन्।

नेपालले यस खेल जितेमा सेमिफाइनल पुग्ने सम्भावना कायम रहनेछ। तर भारत र बंगलादेश बीचको खेलको नतिजा पनि  कुर्नुपर्नेछ। नेपाल विजयी भएमा र बंगलादेशले भारतलाई पराजित गरेमा नेपाल र बंगलादेश सेमिफाइनल पुग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell