PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

गौचन हत्यामा संलग्न चार पक्राउ, प्रहरीले सार्वजनिक गर्दै



सविन ढकाल

गौचन हत्यामा संलग्न चार पक्राउ, प्रहरीले सार्वजनिक गर्दै

काठमाडौं :  निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्दैछ।प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गर्न लागेको हो।

लामो समयको अनुसन्धानपछि घटनामा सलग्न कम्तीमा चार जनालार्इ पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। गत असोज २३ गते दिउँसो २ बजेर ४५ मिनेटमा बानेश्वरमा रहेको घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली हानेका थिए।

गोली लागि घाइते भएका गौचनको उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले डिआइजी गणेश केसीकाे नेतृत्वमा छानविन समिति गठन गरी अनुसन्धान गरिरहेको थियो।

ठेक्कापट्टाको विषयलाई लिएर हत्या भएको अनुसन्धानबाट खुलेको छ। श्रोतले भन्यो,‘हत्यामा केही व्यवसायीको संलग्नता पनि देखियाे।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell