
बङ्गलादेश : म्यानमारबाट क्षमताभन्दा बढी यात्रु बोकेर भाग्नेक्रममा रोहिङ्गा शरणार्थीहरु बारम्बार दुर्घटनामा पर्ने गरेका छन्। पछिल्लो समयमा सोमबार मात्र भएको डुंगा दुर्घटनामा ९ जनाको मृत्यु भएको बताइएको छ।
शरणार्थीहरु चडेको डुङ्गा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। खराब मौसमका कारण शाम्लापुर गाँउनजिकै डुङ्गा दुर्घटनामा परेको प्रहरी अधिकारीहरुले जनाएका छन्।
गत अगष्टदेखि म्यानमारबाट लाखौँ शरणार्थीहरु डुङ्गा चढेर बङ्गलादेशमा शरणार्थी हुन आईपुगेका छन्। ‘सानो डुङ्गामा ३३ जना चढेका थिए, खराव मौसम र समुद्रको उच्च तरङ्गका कारण दुर्घटना भएको हो,’ एक जना स्थानीय प्रहरी प्रमुखले भने।
उनले भने नौ जनाको ज्यान गएको छ अरुको भने उद्वार गरिएको थियो। कोक्स बजार आउने क्रममा म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा नाफ नदी पर्दछ। सो नदी तर्ने क्रममा डुंगा दुर्घटना हुने गर्दछ।
म्यानमारको राखिन राज्यबाट भाग्नेहरुको सङ्ख्या छ लाख भन्दा बढी भएको छ। गत अगष्ट २५ देखि अहिलेसम्म नै सो क्षेत्रमा म्यान्माली रोहिंगाहरु भागेर जाने गरेका छन्।
उनीहरुमध्ये अधिकांश स्थलमार्ग हुँदै छिमेकीदेखि बङ्गलादेश आएका छन् भने उनीहरु बसेका शिविरहरुमा हिंसाका कारण विरामी र घाइतेहरु धेरै रहेका छन्।
अहिलेसम्म समूद्रि मार्गमा २०० भन्दा बढी डुङ्गा दुर्घटना भएका छन्। यसमा परी एक सयभन्दा बढी शरणार्थीको मृत्यु भएको छ।
संयुक्त राष्ट्रसंघले म्यानमारको राखिन राज्यमा हिंसा सुरुभए यता गत अगष्टदेखि अहिलेसम्म ६ लाख १३ हजार रोहिङ्गा शरणार्थीहरु बङ्गलादेश आईपुगेका बताएको छ। रासस/एएफपी