PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

तालिबानको आक्रमणपछि कान्दाहारमा उच्च सुरक्षा सतर्कता



पहिलोपोस्ट

तालिबानको आक्रमणपछि कान्दाहारमा उच्च सुरक्षा सतर्कता
फोटो श्रोतः  abc.net

कान्दाहार :  अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक प्रहरी पोष्टमा मङ्गलबार तालिबानको आक्रमणबाट २२ जना प्रहरी मारिएपछि सो क्षेत्रमा उच्च सैनिक सतर्कता अपनाइएको छ। 

दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अवस्थित अफगान प्रहरी पोष्टमा तालिबान सशस्त्र हतियारधारीहरुले हमला गरेका थिए। आक्रमणमा परी अरु दर्जनौँ घाइते छन्। 

सो क्षेत्रमा मङ्गलबार बिहानदेखि ठूलो सङ्ख्याका सैनिक खटाइएको छ। प्रहरी पोष्ट हाल अफगान सेनाकै कब्जामा रहेको छ भने सुरक्षा अवस्था पनि सामान्य बन्दै गएको बताइएको छ। 

तालिबानहरुले कारबमका साथै अत्याधुनिक हतियारहरुले त्यहाँ हमला गरेका थिए। बुधबार राति रातभर भएको भिडन्तमा २२ प्रहरीको ज्यान जानुका साथै अरु कैयौँ घाइते भएका थिए। 

तालिबानहरुले उक्त जिल्लाका छिमेकी जिल्लाहरु पाक्टिया र गजनीमा शक्तिशाली हमला गरेको एक दिनपछि यो हमला भएको बताइएको छ। ती क्षेत्रमा उनीहरुले बारम्बार हमला गर्ने गरेका छन्। 

ती दुई जिल्लामा तालिबानले गएको सोमबार र मङ्गलबार गरेका हमलामा परी कम्तीमा पनि १७० जना सर्वसाधारण र अफगान सुरक्षा फौजका सदस्यहरुको ज्यान गएको थियो। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell