PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

गौचनलाई गोली हान्ने सुटरसहित पाँच जनालाई प्रहरीले गर्‍यो सार्वजनिक



सविन ढकाल

गौचनलाई गोली हान्ने सुटरसहित पाँच जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

काठमाडौं :  निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्नलाई पाँच जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएकामा गौचनलाई गोली हान्ने सुटर राजीव स्याङटाङसहित मुकेशकुमार पाडे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी र शिवजी महतो रहेका छन्। 

मनोज पुन र मुख्य आरोपी समिरमान लगायत आठ जना फरार रहेको जानकारी प्रहरीले पत्रकार सम्मेलनमा दिएको छ। फिरौती नै हत्याको कारण रहेको प्रहरीले बताएको छ।

लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलार्इ पक्राउ गरेको प्रहरीले जनाएको छ। गत असोज २३ गते दिउँसो २ बजेर ४५ मिनेटमा बानेश्वरमा रहेको घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई व्यक्तिले गौचनलाई गोली हानेका थिए।

गोली लागि घाइते भएका गौचनको उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले डिआइजी गणेश केसीकाे नेतृत्वमा छानविन समिति गठन गरी अनुसन्धान गरिरहेको थियो।

ठेक्कापट्टाको विषयलाई लिएर हत्या भएको अनुसन्धानबाट खुलेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell