PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नेपाल र फिलिपिन्सबीचको खेल गोलरहित बराबरी



पहिलोपोस्ट

नेपाल र फिलिपिन्सबीचको खेल गोलरहित बराबरी

काठमाडौं :  नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान अनिल गुरुङको अन्तिम अन्तर्राष्ट्रिय खेलमा नेपालले फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको छ।

सन् २०१९ मा हुने एएफसी एशियन कप छनोट चरणको आफ्नो पाचौं खेलमा नेपालले समूहको शीर्ष स्थानमा रहेको फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो।

छनोट चरणका सुरुवाती चार खेलमा जित हासिल गर्न नसकेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। शीर्ष स्थानमा रहेको फिलिपिन्सका लागि भने यो नतिजाले धक्का लागेको छ।

छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४-१ गोलले पराजित भएको थियो।फिलिपिन्सको ५ खेलबाट ९ अंक भएको छ भने नेपालको पाँच खेलबाट २ अंक छ। नेपालले अन्तिम खेल यमनसँग खेल्नेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell