काठमाडौं: नालापानी युद्ध विशेष फिल्म 'नालापानी'का लागि कलाकार चयन भैरहेका छन्। रामराज कुँवरको 'वीर बलभद्र कुँवर' नामक पुस्तकमा समावेश कथामाथि बन्न लागेको फिल्ममा नेपाली सेनाको भूमिका निर्वाहका लागि सेनाहरु बिच नै फिल्मको अडिसन भैरहेको हो।
रिमेश अधिकारीले निर्देशन गर्ने फिल्ममा धेरै दृश्य द्वन्द्वका हुनेछन् जसको कारण पनि दक्ष योद्दा पात्रहरुको जरुरी छ। योद्दाहरुलाई तयार पार्न समय धेरै लाग्ने भएकोले पनि नेपाल आर्मीका जवानहरुलाई नै अभिनय गराउन लागेको निर्देशक अधिकारीले बताए। भने,'फिल्ममा युद्दका दृश्य देखाउँदा प्राकृतिक देखिनु जरुरी छ। आर्मीबाट नै कलाकारहरु छनौट गर्दा सहज हुन्छ।' यद्यपी प्रमूख भूमिकामा भने नेपाल आर्मीका कलाकार नहुने जानकारी समेत दिए।
फिल्मका लागि नेपाली सेनाले पुराना हतियार, तोप, सैनिक कलाकार, सैनिक नियम तथा सैनिक नियमका लागि प्रशिक्षक लगायत सहयोग गरेको छ। कलाकारहरु अर्जुनजंग शाही, नवल खड्का, मनोज शाक्य, विशाल श्रेष्ठ, दीपेन्द्र सिंह दर्नाल, विकेस श्रेष्ठ, विशाल पहाडी, बिष्णु मोक्तान, गीता अधिकारी, सुन्दर श्रेष्ठ, ईशान बिजु श्रेष्ठ, प्रनिश शाक्य, कृष्ण आचार्य, तुलसा थापाको अभिनय रहनेछ।