PahiloPost

Aug 8, 2026 | २३ साउन २०८३

'शेरबहादुर'को आइटम गीत



पहिलोपोस्ट

'शेरबहादुर'को आइटम गीत

काठमाडौं: फिल्म 'शेरबहादुर'को पहिलो गीत सार्वजनिक भएको छ। ‘कान्छी मट्याङ ट्याङ’ बोलको आइटम गीत भिडियो सहित मङ्गलबार सार्वजनिक गरिएको हो।

कोसिस क्षेत्रीको शब्द, संगीत र स्वर रहेको गीतमा मीना निरौलाले उनलाई स्वरमा साथ दिएकी छिन्। गीतको भिडियोमा मुख्य कलाकार मेनका प्रधान, कर्मा, रविन्द्र झाको फिचरिङ रहेको छ। भिडियोको निर्देशन वसन्त श्रेष्ठले गरेका हुन्।

थ्रिलर जनराको फिल्ममा अवकास प्राप्त आर्मीको कथा देखाइन्छ। आर राजवंशीले निर्देशन गरेको 'शेरबहादुर'मा अभिनेता सुनिल थापाले 'शेरबहादुर'को मुख्य भूमिका निर्वाहा गर्दैछन्। बसन्त श्रेष्ठको नृत्य, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र सलभ र किरण प्रधानको संगीत फिल्ममा रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell