PahiloPost

Jun 24, 2026 | १० असार २०८३

जिल्ला न्यायाधीशको नियुक्ती खुला प्रतिस्पर्धाबाट गरिने



पहिलोपोस्ट

जिल्ला न्यायाधीशको नियुक्ती खुला प्रतिस्पर्धाबाट गरिने

काठमाडौं: जिल्ला न्यायाधीशको नियुक्ति खुला प्रतिस्पर्धाबाट हुने भएको छ। खुल्ला प्रतिस्पर्धाबाट न्यायाधिश नियुक्त हुन लागको यो पहिलो पटक हो।

न्याय परिषदले पाठ्यक्रम अनुमोदन गरेपछि जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने भएको हो।

जिल्ला न्यायाधीशको लागि तीन प्रकारबाट पदपूर्ति हुनेछ ।

पहिलो रिक्त दरबन्दीको २० प्रतिशत, कानुन र न्याय सेवामा कार्यरत उपसचिव सरहका कर्मचारीहरुबाट हुनेछ। जसको सम्बन्धित तहमा तीन वर्ष काम गरेको हुनुपर्नेछ।

दोस्रो कानुन, न्याय र सरकारी वकिलमा कम्तीमा उपसचिव भइ तीन वर्ष काम गरेकाको मात्र प्रतिस्पर्धाबाट ४० प्रतिशत पदपूर्ति हुनेछ। र बाँकी ४० प्रतिशत कानुन व्यवसायीसमेत संलग्न खुला प्रतिस्पर्धाबाट हुनेछ।

जिल्ला न्यायाधिशका लागि न्याय सेवा आयोगले परिक्षा लिनेछ। न्याय परिषदले चाँडै रिक्त दरबन्दीको परीक्षा लिने तयारी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell