PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एरिक्सन ह्याट्रिकमा डेनमार्कको शानदार जित, पाँचौ पटक विश्वकपमा छनोट



पहिलोपोस्ट

एरिक्सन ह्याट्रिकमा डेनमार्कको शानदार जित, पाँचौ पटक विश्वकपमा छनोट

क्रिस्टिएन एरिक्सनले शानदार हयाट्रिक गरेपछि युरोपेली प्लेअफमा आरल्याण्डलाई ५-१ ले पराजित गर्दै डेनमार्क पाँचौ पटक विश्वकपमा छनोट भएको छ। घरेलु मैदान भएको पहिलो लेग गोलरहित बराबरी खेलेको डेनमार्कले दोस्रो लेगमा ५-१ को जित हात पार्दै समग्रमा ५-१ कै जित निकालेको हो।

अर्को वर्ष रुसमा हुने विश्वकपका लागि छनोट हुने डेनमार्क अन्तिम टोली समेत बनेको छ। डेनमार्को जितमा एरिक्नले ह्याट्रिक गरे भने आन्द्रे क्रिस्टियन र निकोलसल बेनबटरले १-१ गोल गरे। आयरल्याण्डका लागि शेन डफीले गोल गर्दे शुरुवाती अग्रता दिलाएपद्दि डेनमार्कले छ गोल फर्काएको हो।

यस नै युरोपियन प्लेअफबाट क्रोएसिया, स्वीट्जरल्याण्ड, स्वीडेन छनोट भइसकेका छन्। रुसले आयोजकको हैसियतमा विश्वकपमा स्थान बनाएको हो। युरोपेली छनोट अन्तर्गत समूहको विजेताको हैसियतमा ९ राष्ट्र छनोट भएको हो।

अहिलेसम्म रुसमा हुने विश्वकपका लागि ३० राष्ट्र छनोट भंइसकेका छन्। अब अन्तरमहादेशिय पुलेअफबाट दुई राष्ट्र छनोट हुन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell