PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

रोमेलु लुकाकु बने बेल्जियमको सर्वाधिक गोलकर्ता



पहिलोपोस्ट

रोमेलु लुकाकु बने बेल्जियमको सर्वाधिक गोलकर्ता

जापान विरुद्ध मैत्रीपूर्ण खेलमा १ गोल गर्दै रोमेलु लुकाकु बेल्जियमको लागि सर्वाधिक गोल गर्ने फुटबल बनेका छन्। मैत्रीपूर्ण खेलमा जापानलाई १-० ले हराउने क्रममा लुकाकुले नै निर्णायक गोल गरुदै बेल्जियमको लागि धेरै गोल गर्ने कीर्तिमान बनाएका हुन्।

यसपछि लुकाकुको गोल संख्या ३१ पुगेको छ। उनले बर्नार्ड भुरहुफको ३० गोल कीर्तिमानलाई पछि पारेका हुन्। गत सात मेक्सिको विरुद्धको खेलमा २ गोल गर्दै लुकाकुले भुरुहुफको ३० गोलको कीर्तिमान बराबरी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell