PahiloPost

Jun 24, 2026 | १० असार २०८३

युथ वुमन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ४ नेपाली खेलाडी



पहिलोपोस्ट

युथ वुमन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ४ नेपाली खेलाडी

काठमाडौं : भारतको गुहाटीमा नोबेम्वर १९ देखि २६ सम्म संचालन हुने युथ वुमन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ४ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपालबाट ४८ केजी तौल समूहमा अस्मिता दुवाल, ५१ केजी तौल समूहमा सन्जुमाया थिङ, ५४ केजी तौल समूहमा कुसुम थापामगर र ५७ केजी तौल समूहमा शिसम थापामगरले प्रतिस्पर्धा गर्नेछन्।

बुधबार भारत प्रस्थान गर्ने ४ खेलाडी सहित ७ सदस्यीय नेपाली टोलीको नेतृत्व पुस्कारराज पन्थले गरेका छन्। त्यस्तै टिमको प्रशिक्षकमा किशोरकुमार लिम्बु र स्वयम् सेवक प्रशिक्षकमा नबिन तण्डुकार रहेका छन्।

३९ देशका १९३ आईबा दर्ता भएका उत्कृष्ट खेलाडीहरुले उक्त प्रतियोगितामा सहभागिता जनाउने छन्। उक्त खेलबाट छनोट हुने उत्कृष्ट खेलाडीहरुले सन् २०२० मा जापानमा हुने ओलम्पिक र चार वटा तौल समुहका खेलाडीहरुले सन् २०१८ मा बुइनोस आइरेसको युथ ओलम्पिक गेममा प्रतिस्पर्धा गर्न पाउने बक्सिङ संघले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell