PahiloPost

Jun 24, 2026 | १० असार २०८३

दश लाख रुपैयाँ घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत अख्तियारको नियन्त्रणमा



पहिलोपोस्ट

दश लाख रुपैयाँ घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका हुन्।

मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रणी फुलल्याण्डबाट पौडल र केसीलाई पक्राउ गरिएको हो। 

वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 

दुबै जनालाई रकम बुझिसकेपछि फुडल्याण्डकै रेष्टुरेन्टमा खाजा खाइरहेको अवस्थामा राति ८ बजे अख्तियार टोलीले पक्राउ गरेको हो।
घटनामा अन्यको संलग्नता भए/नभएकोबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell