PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

दक्षिणपूर्वी एसियाली सम्मेलनमा क्षेत्रीय जटिल चुनौतीबारे छलफल हुने



पहिलोपोस्ट

दक्षिणपूर्वी एसियाली सम्मेलनमा क्षेत्रीय जटिल चुनौतीबारे छलफल हुने

फिलिपिन्स : दक्षिणपूर्वी एसियाली क्षेत्रका विभिन्न दश मुलुकहरूको संगठन (आसियान) को फिलिपिन्समा जारी सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले यस क्षेत्रमा देखिएका जटिल समस्याका बिषय तथा यस क्षेत्रको विकासका लागि तय गरिनुपर्ने बाटोका बिषयमा छलफल सुरु गरेका छन् । 

बाह्रौँ सम्मेलनको अध्यक्षता गरेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले उद्घाटन मन्तव्य दिँदै यस क्षेत्रमा चुनौतीको रूपमा देखिएको सुरक्षा अवस्थालाई सम्बोधन गर्न सबैको ध्यान जानुपर्ने बताए। 

डुटेर्तेले भने,‘हाम्रो क्षेत्रले सम्भवतः केही दशक पहिले कल्पनाबाहिर रहेका जटिल चुनौतीलाई सामना गरिरहेको छ। प्रविधिजन्य विकास तथा धेरै खुला आर्थिक क्षेत्रका रूपमा रहेका एसियाली मुलुकहरू थप परस्पर निर्भर बनेका छन्।’ 

एउटा क्षेत्रमा रहेको आप्रवासनको प्रभाव, वातावरणीय विनास, सशस्त्र द्वन्द्वले विश्वलाई प्रभावित तुल्याउने बताउँदै उनले साझा समस्यालाई सबैको सामुहिक पहलले मात्रै समाधान दिन सकिने बताए।

सहभागीले सम्मेलनमा क्षेत्रीय सुरक्षा, आतङ्कवाद विरुद्धको अभियान, लगानी, रोजगारका बिषयमा छलफल हुने बताएका छन्। 

ब्रुनई, कम्बोढिया, लाओस, इन्डोनेसिया, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड, र भियतनाम सदस्य आयोजक रहेको आसियान सम्मेलनमा चीन, जापान, दक्षिण कोरिया, भारत, अष्ट्रेलिया र न्यूजील्याण्ड, अमेरिका तथा रसियाली मुलुकका सम्वाद साझेदारलाई निम्ताइएको छ। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell