PahiloPost

Jun 24, 2026 | १० असार २०८३

मलेसियामा एक नेपालीको मृत्यु



पहिलोपोस्ट

राजविराज :  वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ। 

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठीका अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले जनाएको छ । 

वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरी मंगलबार राति खाना खाएर सुतेका र बिहान उनलाई साथीहरुले उठाउन जाँदा मृत फेला परेका मृतक चौधरीका भान्जा बिटुकुमार मिश्रले जानकारी दिए। 

दुई वर्ष अगाडि वैदेशिक रोजगारीका क्रममा चौधरी मलेसिया पुगेका थिए। यता मृतकको शव मलेसियाबाट चाँडो नेपाल फर्काइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई उनको परिवारले आग्रह गरेको छ। योसँगै सप्तरीबाट वैदेशिक रोजगारीमा जाने २९ जनाको मृत्यु भएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell