
कञ्चनपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार नारायणप्रकाश साउदले वाम गठबन्धनले जति प्रयत्न गरेपनि निर्वाचनमा हराउन नसक्ने ठोकुवा गरेका छन्।
कञ्चनपुरको बेदकोट नगरपालिका–९ मा आयोजित चुनावी प्रचारप्रसारका क्रममा साउदले निर्वाचनमा नेपाली कांग्रेस निकटका र लोकततान्त्रिक गठबन्धनका उम्मेदवारको विजय निश्चित भएको बताए।
लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर रहेको उनले बताए। मन्त्री हुँदा र नहुँदा पनि कञ्चनपुरको विकासका लागि सक्दो प्रयत्न गरेको र अझै यसलाई निरन्तरता दिन लागिपर्ने उनले बताए।रासस