PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

‘क्रिटिक्स फिल्म अवार्ड’का लागि तीन वर्षको विजेता सूची



पहिलोपोस्ट

‘क्रिटिक्स फिल्म अवार्ड’का लागि तीन वर्षको विजेता सूची

काठमाडौं: नेपाल चलचित्र समिक्षक सामाजले यो वर्ष ‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण गर्ने भएको छ। दुई वर्षका लागि स्थगित भएको अवार्ड कार्यक्रममा पछिल्लो तीन वर्षको अवार्ड एकसाथ वितरण गर्ने भएको हो।

आयोजकका अनुसार प्राविधिक कारणले रोकिएको अवार्डमा वर्ष २०७१, २०७२ र २०७३ सालमा सार्वजनिक फिल्महरुमध्यबाट विविध विधामा विजेता घोषित हुनेछन्। क्रिटिक्स अवार्डमा सात विधामा फिल्म र फिल्मकर्मीलाई अवार्ड दिइनेछ।

आउँदो मंसिर ६ गते शिल्पी थिएटरमा अवार्ड वितरण हुनेछ। यस्तो छ तीनै वर्षका अवार्ड विजेताहरुको सूची:

२०७३
सर्वोत्कृष्ट फिल्म : कालोपोथी
सर्वोत्कृष्ट निर्देशक : दीपक रौनियार (सेतो सूर्य)
सर्वोत्कृष्ट पटकथा : मीन भाम, अविनाश विक्रम शाह (कालोपोथी)
सर्वोत्कृष्ट सम्पादन : डेभिड बार्कर (सेतो सूर्य)
सर्वोत्कृष्ट छायांकन : अजिज जाम्भाकिभ (कालोपोथी)
सर्वोत्कृष्ट अभिनेता : बिपिन कार्की (जात्रा) र माओत्से गुरुङ (पुरानो डुङ्गा)
सर्वोत्कृष्ट अभिनेत्री : केकी अधिकारी (लभ सासा)

२०७२
सर्वोत्कृष्ट फिल्म : पशुपति प्रसाद
सर्वोत्कृष्ट निर्देशक : दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद)
सर्वोत्कृष्ट पटकथा : खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)
सर्वोत्कृष्ट छायांकन : शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी)
सर्वोत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल (क्लासिक)
सर्वोत्कृष्ट अभिनेता : सौगात मल्ल (फन्को)
सर्वोत्कृष्ट अभिनेत्री : रिस्मा गुरुङ (कबड्डी कबड्डी)

२०७१
सर्वोत्कृष्ट फिल्म : कबड्डी 
सर्वोत्कृष्ट निर्देशक : निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के)
सर्वोत्कृष्ट पटकथा : रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी)
सर्वोत्कृष्ट अभिनेता : दयाहाङ राई (कबड्डी)
सर्वोत्कृष्ट अभिनेत्री : प्रियंका कार्की (सुन्तली)
सर्वोत्कृष्ट छायाङकन : ओन्ड्रा बेलिका (सुन्तली)
सर्वोत्कृष्ट सम्पादन : बनिस शाह र मिलन श्रेष्ठ (तान्डव)
सर्वोत्कृष्ट पाश्र्व संगीत जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell