PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

सुजाता कोइरालाले भनिन् -बुढीगण्डकी सम्झौता खारेजीको निर्णयले निर्वाचनलाई प्रभाव पर्न सक्छ 



पहिलोपोस्ट

सुजाता कोइरालाले भनिन् -बुढीगण्डकी सम्झौता खारेजीको निर्णयले निर्वाचनलाई प्रभाव पर्न सक्छ 

काठमाडौं :  नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता रद्द गरेर गल्ती गरेको बताएकी छन्। कोइरालाले समाजिक सञ्जाल फेसबुकमार्फत सरकारको निर्णयप्रति असन्तुष्टि जनाएकी हुन्।

उनले भनेकी छन्,‘यो निर्णय राम्रो होइन। निर्वाचनको मुखमा सरकारले यस्तो निर्णय गरेपछि निर्वाचनलाई प्रभाव पर्न सक्छ। यस्तो निर्णयले कांग्रेसको जनमतसमेत घट्न सक्छ। यो निर्णयले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरणमा असर परेको छ। एउटा सरकारले सम्झौता गर्दै जाने र अर्को सरकारले रद्द गर्दै जाने हो भने नेपालको विकासमा ठूलो असर पर्छ।’

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारका पालामा यो सम्झौता भएको थियो। कांग्रेससमेत सहभागी सरकारले बुढीगण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको थियो।

तर, चिनियाँ कम्पनीले स्थलगत अध्ययनसमेत थालिसकेका बेलामा सरकारले अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै सम्झौता खारेज गरिदिएको छ। सरकारले संसदीय समितिको निर्देशन बमोजिम सम्झौता खारेज गरिएको जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell