दाङ : नेकपा एमालेका नेता शंकर पाखरेलले सधंै जनताले राज्य खोज्ने अवस्थाको अन्त्यका लागि वामपन्थी सरकार आवश्यक रहेको बताएका छन्।
अनेरास्ववियुले दाङको घोराहीमा आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले राज्यले जनता खोज्ने वातावरण बनाउन वामपन्थी सरकार आवश्यक रहेको जिकिर गरे।
कल्याणकारी सरकार निर्माणका लागि वाम गठवन्धनलाई जिताउन दाङबासीलाई आग्रह गर्दै पोखरेलले भने,‘अबको विकास र समृद्धिका लागि दलको संख्या घटाउनुपपर्छ। यसको सुरुवात वाम गठवन्धनले गरिसकेको छ। हिजो राजनीतिक अधिकारका लागि धेरै दलको आवश्यकता परेपनि देशको विकासका लागि भने धेरै दल बाधक सावित भइसकेको छ।’