PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

‘झ्यानाकुटी’को फोटो कन्टेस्टमा सेलिब्रेटीको क्रेज



पहिलोपोस्ट

‘झ्यानाकुटी’को फोटो कन्टेस्टमा सेलिब्रेटीको क्रेज

काठमाडौं: फिल्म ‘झ्यानाकुटी’ युनिटको प्रचार अस्तु यति बेला चर्चामा छ। फिल्मको प्रचार प्रसारका लागि प्रेमिका वा श्रीमतीले प्रेमी वा श्रीमानलाई उचालेको फोटो कन्टेस्ट युनिटले आयोजना गरेको हो। जसमा आम मानिसदेखि सेलिब्रेटीहरुसम्मले सहभागिता जनाइ रहेका छन्।

आउँदो शुक्रबारदेखि प्रदर्शन हुने फिल्म ’झ्यानाकुटी’ ले ल्याएको फोटो कन्टेस्टले प्रिती चाउचाउसँगको सहकार्य हो। जसमा फेसबुकमा प्राप्त लाइका आधारमा विजेताले ५१ हजार नगद रुपैयाँ पाउँछन्। फिल्मको पोस्टरमा अभिनेत्री बेनिशा हमालले अभिनेता सौगात मल्ललाई उचालेको फोटोले चर्चा पाएसँगै निर्माण युनिटले प्रतियोगिता नै पोस्टर थिमसँग मिल्ने राख्यो। यो रमाइलो प्रचार शैली बारे निर्मात्री नीशा अधिकारी भन्छिन्,’यतिको साथ पाइन्छ भन्ने सोचेकी थिईंन। तर दर्शकको चासोसंगै सहकर्मीले साथ दिंदा निकै खुसि लाग्दो रहेछ।’

उनले यसै फिल्ममार्फत निर्माणमा डेब्यु गरेकी हुन्। सिमोश सुनुवार फिल्मका निर्देशक हुन्। प्रदीप भारद्वाजको कथा रहेको फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तान, एस्टल गुरुङ लगायतको अभिनय रहेको छ। फिल्मले सेन्सरबाट पिजी सर्टिफिकेट पाएको छ। 

झ्यानाकुटी पोजमा केही सेलिब्रेटी: 

प्रियङ्का कार्की र दीपकराज गिरी 
 
दिया मास्के र अनोज पाण्डे
 
नीता ढुङ्गाना र श्याम भट्टराई 

रीमा विश्वकर्मा र रविन श्रेष्ठ 
 
ऋचा शर्मा र अनिल पराजुली 

वर्षा राउत र संजोग कोइराला
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell