PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

हेटौँडा इन्टरनेशनल गोल्डकप फुटबल पुष ८ देखि हुने



पहिलोपोस्ट

हेटौँडा इन्टरनेशनल गोल्डकप फुटबल पुष ८ देखि हुने

काठमाडौं : खेलकुद पत्रकार सुमन भोम्जनको स्मृतिमा आयोजना हुने टुबोर्ग हेटौँडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल पुष ८ देखि शुरु हुने भएको छ।

आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गर्ने गोल्डकप पुष ६ दिख १५ गतेसम्म हुने बुधबार आयोजकले जानकारी गराएको हो।

गोल्डकपमा नेपालको ए डिभजन क्लब, आयोजक र विदेशी क्लब गरी कूल ८ टिमको सहभागिता रहने प्रतिष्ठानमा द्वितिय उपाध्यक्ष विशाल घोषले बताए।

घोषका अनुसार ३ ए डिभिजन क्लब ३ विभागीय टोली, आयोजक र भारत वा भुटानमधये एक देशको उत्कृष्ट टोलीले प्रतियोगितामा सहभागिता जनाउनेछन्।

गत वर्ष १० टोलीले सहभागिता जनाएको नेपाल आर्मी च्याम्पियन बनेको थियो।

गोल्डकपको विजेताले नगद ५ लाख तथा उपविजेताले ३ लाख हात पार्नेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार< अनुशासित टिमले १० हजार प्रत्येक खेलको म्यान अफ दी म्याचले ५ हजार पाउनेछन्।

टुबोर्ग र रेडबुलको प्रायोजन रहेको गोल्डकपलाई टाटा सुमोले सहप्रायोजन गर्ने घोषले जानकारी दिए।

यस वर्ष प्रतिष्ठानले सामाजिक उत्रदायित्वअन्तर्गत महिला, बालबालिका र युवाको जनचेतना अभिवृद्धि उद्शेयले एकदिने अन्तरस्कुल मैत्रीपूर्ण फुटबल खेल साइन द फ्युचर गराउने घोषले बताए।

२०७२ साल बैशाखको विनाशकारी भूकम्पमा ज्यान गुमाएका खेल पत्रकार सुमन को नाम अमर बनाउन यो प्रतियोगिता गरेको पनि घोषले जनाए।

घोषले सन् २०१८ मा इन्टरनेशनल एक्सपर्टहरु बोलाएर नेपालका टेक्निकल नन-टेक्निकल व्यक्तिहरुलाई ट्रेन गराउने समेत जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell