PahiloPost

Jun 24, 2026 | १० असार २०८३

जुम्लामा ट्याक्टर दुर्घटना, दुई सहचालकको मृत्यु



पहिलोपोस्ट

जुम्ला :  जुम्लाको गुठीचौर गाउँपालिका–१ मणिसाँघुमा भे१त ७३८६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई सहचालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–८ तलिउम जुम्लाका १७ वर्षीय ललित धराला र जाजरकोट कुसे गाउँपालिका–७ का १८ वर्षीय भीमबहादुर विक छन्।

प्रहरीका अनुसार डोल्पाको चौंरीकोटबाट जुम्ला आउँदै गरेको ट्याक्टर अर्को ट्याक्टरलाई बाटो दिने क्रममा दुर्घटना भएको हो। 

दुर्घटनामा चालक रमेश दमाईं हाम्फालेर बाँचेका छन्। दुवै सहचालक सडकदेखि ६० मिटर तल खोलामा च्यापिएको अवस्थामा भेटिएका जनाइएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell