काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले देशलाई निर्वाचनमय बनाइदिन सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।
नेपाल पत्रकार महासंघको आयोजनामा आज भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त यादवले पेशागत आचारसंहिता भित्र रहेर आफ्ना अध्ययन/अनुसन्धान र विश्लेषण गर्न र स्वच्छ र स्वतन्त्र ढंगबाट निर्वाचन सम्पन्न हुने वातावरण निर्माण गर्न पत्रकारहरुलाई आग्रह गरे।
यादवले पत्रकार महासंघका जिल्ला शाखाका माध्यमबाट निर्वाचन शिक्षामा सहयोग हुने अपेक्षा आयोगले गरेकोसमेत बताए।