PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

वाम गठबन्धनलाई जनताले जिम्मेवारी दिन्छन् : ईश्वर पोखरेल



पहिलोपोस्ट

वाम गठबन्धनलाई जनताले जिम्मेवारी दिन्छन् :  ईश्वर पोखरेल

काठमाडौँ :  नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धनलाई यस पटक जनताले जिम्मेवारी दिने बताएका छन्।

नेकपा एमाले काठमाडौँ महानगरपालिका–३ बसुन्धराले आयोजना गरेको चुनावी कार्यक्रममा महासचिव पोखरेलले वाम गठबन्धनले ल्याएको घोषणापत्रमा देशमा गरिबी, पछौटेपन, वर्गीय विभेदको अन्त्य गरेर विभिन्न उद्योगको विकास गर्ने योजना रहेको बताए। 

सामाजिक रुपान्तरणका लागि बेरोजगारी समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै पोखरेलले विगतमा नेपाली का‌ग्रेसको नेतृत्वमा गठन भएका सरकारले निजीकरणका नाममा सम्भावना भएका अधिकांश उद्योगलाई धराशायी बनाएको आरोप लगाए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell