नगरकोट : भक्तपुर निर्वाचन क्षेत्र नं २ का नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार दमननाथ ढुङ्गानाले मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आफूलाई सहयोग गर्न नेपाल मजदुर किसान पार्टीलाई आग्रह गरेका छन्।
रफत सञ्चार क्लबद्वारा आयोजित साक्षात्कारमा ढुङ्गानाले सके आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन र नसके अन्य राम्रा उम्मेदवारलाई सहयोग गर्न आग्रह गरे।
निर्वाचन खर्च दैनिक महङ्गो हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै ढुङ्गानाले सामान्य व्यक्तिले अब निर्वाचन लड्न नसक्ने अवस्था आएको बताए।
भक्तपुर क्षेत्र नम्बर एकका कांग्रेस उम्मेदवार उम्मेदवार बाबुराजा जोशीले भक्तपुर नगर र चाँगुलाई सांस्कृतिक क्षेत्र र नगरकोटलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफ्नो उम्मेदवारी भएको बताए।रासस