PahiloPost

Jun 24, 2026 | १० असार २०८३

भूकम्पबाट इरानमा ४५ करोड अमेरिकी डलर बराबरको क्षति



पहिलोपोस्ट

भूकम्पबाट इरानमा ४५ करोड अमेरिकी डलर बराबरको क्षति

तेहरान: इरान र इराकको सीमाक्षेत्रमा गत आइतबार गएको ७.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ। 

तासनिम समाचार समितिले प्रारभिक सर्वेक्षणबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति जानकारी दिएको हो। भूकम्पबाट आवासीय, व्यापारिक र औद्योगिक भवनलगायत प्रशासनिक संचरनाको नोक्सानलाई लिएर तयार पारिएको प्रारम्भिक प्रतिवेदनमा यस्तो क्षतिको आँकलन गरिएको छ। 

प्रतिवेदन इरानका राष्ट्रपति हसन रौहानीलाई बुझाइएको सरकारी अधिकारीले जानकारी दिएका छन्। भूकम्पबाट हजारौँ अवासीय भवन र सरकारी संरचना ध्वस्त हुनुको साथै क्षतिग्रस्त भएको बताइएको छ। भूकम्पमा परी सयौँ व्यक्तिको मृत्यु हुनुको साथै अन्य हजारौँ घाइते भएका छन्। 

कुर्दनजिकैको सहर हलब्जामा केन्द्रबिन्दु रहेको भूकम्प प्रभावित क्षेत्रमा उद्धारका काममा खटिरहेका उद्धारकर्मीका अनुसार मृतकको सङ्ख्या अझै बढ्नसक्ने छ । 

भूकम्पका कारण भत्किएको भग्नावशेषबाट केही व्यक्ति मात्र निकाल्न सफल भएको र अझै कैयौँ पुरिएको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको हो । 

भूकम्पबाट इरानतर्फका आठवटा गाउँमा बढी क्षति भएको छ। साथै अरु पनि कैयाँै गाउँ र सहरमा बिजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा अवरुद्ध छ। 

इरानका राष्ट्रपति हसन रौहानी बुधबार भूकम्पप्रभावित क्षेत्रको भ्रमणमा गएका छन्। राष्ट्रपति रौहानीले पीडितलाई आवश्यक सहयोगका साथै उद्वार कार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन्। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell