PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

दुई पेनाल्टी गोल मद्दतमा अष्ट्रेलिया विश्वकपमा छनोट



पहिलोपोस्ट

दुई पेनाल्टी गोल मद्दतमा अष्ट्रेलिया विश्वकपमा छनोट

अष्ट्रेलिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनोट हुने ३१औँ राष्ट्र बनेको छ। अन्तरमहादेशिय प्लेअफ अन्तर्गत बुधबार भएको दोस्रो लेग खेलमा होण्डुरोसलाई ३-१ ले पराजित गर्दै अष्ट्रलिया एसियन क्षेत्रबाट विश्वकपमा स्थान बनाउन सफल भएको हो।

होण्डुरोसमा भएको पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो लेगमा हात पारेको ३-१ को जित नै अष्ट्रेलियालाई लगातार चौथो पटक विश्वकप पूर्‍याउन पर्याप्त रह्यो।

सन् १९७६ मा पहिलो पटक विश्वकप खेलेको अष्ट्रेलिया २००६ यता निरन्तर छनोट हुँदै आएको छ।

अष्ट्रेलियाको दुई गोल पेनाल्टीबाट सम्भव भएको थियो। हेनरी फिगोएराको आत्मघाती गोलबाट अग्रता लिएको घरेलु टोलीका लागि माइल जेडिनकले दुई पेनाल्टी गोल गरे।

अब रुस विश्वकपका लागि एक टिम मात्र छनोट हुन बाँकी छ। जसमा पेरु र न्यूजिल्याण्डबीच हुने अर्को अन्तरमहादेशिय प्लेअफको विजेताले स्थान बनाउनेछ। यी दुईबीचको दोस्रो लेग बिहिबार हुँदैछ। रुस आयोजकको हैसियतामा स्वत विश्वकपमा स्थान बनाउँदा बाँकी घ० टिमले भने छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell