PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

उपत्यकामा ठूला बस सञ्चालनमा ल्याउन होडबाजी, १० वटा बस थपियो



पहिलोपोस्ट

उपत्यकामा ठूला बस सञ्चालनमा ल्याउन होडबाजी, १० वटा बस थपियो

काठमाडौं: उपत्यकामा माइक्रो बस विस्थापन गरेर ठूला बस सञ्चालनमा ल्याउने प्रतिस्पर्धा तीब्र भएको छ।

बुढानीलकण्ठ यातायातले १० वटा सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ। यो बस बुढानीलकण्ठ जमल सहिदगेट माइक्रो बस व्यवसायी समिति अन्तर्गतको कम्पनी हो। यो बसले चक्रपथ परिक्रमा गरेर बुढानीलकण्ठ पुर्‍याउने कम्पनीले जनाएको छ।

३४ सिट भएको यो बसमा वार्इफार्इ, सीसीटीभी, पब्लिक एनाउन्समेन्ट सिस्टम लगायतका सुविधा हुने कम्पनीको दाबी छ। अशोक लेल्याण्डको बस यो रुटमा चल्ने कम्पनीका अध्यक्ष बाबुराज महर्जनले बताए। समिति सदस्य भरत बस्नेतले सरकारको मापदण्ड पूरा गरेर अरु बस समेत सञ्चालनमा ल्याउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell