काठमाडौँः कर फर्स्योट आयोगमार्फत् अनियमित रुपबाट कर मिनाह गरेको आरोपमा जेठ १९ गते आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गर्यो। शर्मा पक्राउ परे पनि आयोग अध्यक्ष लुम्वध्वज महत र सदस्य उमेशप्रसाद ढकाल फरार नै थिए। अनुसन्धानमा महत र ढकाल पनि तानिएका थिए।
पढ्नुस्: अकूत सम्पत्ती जोडेको आरोपमा राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ
शर्मामाथि तीन साता लामो अनुसन्धान अख्तियारले गर्यो। र, तीन अर्ब रुपैयाँ धरौटी समेत माग्यो। तर, शर्माको अनुसन्धान अन्तिम निश्कर्षमा पुग्न लाग्दा पनि महत र ढकाललाई आयोगले फेला पार्न सकेन। आयोगले सात दिनभित्र हाजिर हुन आउन भन्दै सार्वजनिक सूचना नै जारी गर्यो। असार ८ गते सूचना जारी गरे पनि दुबै सम्पर्कमा आएनन्।पढ्नुस्: कर फर्छ्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल ‘मोस्ट वान्टेड’, सूचना दिनेलाई पुरस्कार
अख्तियारले फरार रहेकै अवस्थामा मुद्दा दर्ता गर्यो। आयोगका तीन पदाधिकारीविरुद्ध दश अर्ब दुई करोडभन्दा बढी बिगोदाबी कायम भयो।
शर्मा पुगे सर्वोच्च
दुई सदस्य फरार रहेकै अवस्थामा शर्मा भने आफूलाई अख्तियारले गैरकानुनी रुपमा नियन्त्रणमा लिएको भन्दै बन्दीप्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च पुगे। शर्मा पत्नीका तर्फबाट निवेदन दर्ता भयो। निवेदनमा कर फस्र्योटलाई कानुनी उन्मुक्ति भएको जिकिरसहित मुद्दाको औचित्य नभएको प्रश्न उठाइयो।
सुरुमा सर्वोच्चले कर फस्र्योट अख्तियारको क्षेत्रधिकार भए/नभएको पूर्ण इजलासमा सुनुवाइका लागि पेश गर्यो। तर, अदालतबाहिरको दबाबमा सर्वोच्चले अन्तिम फैसलामा उक्त प्रश्न निरुपणको जिम्मा विशेष अदालतकै जिम्मामा छाडिदियो।
पढ्नुस्: फोटोमा हेर्नुस यसरी दही (सगुन) खाँदै हिरासतमुक्त भए चुडामणि शर्मा
शर्मा भने अदालतको आदेशमा रिहा भए।
महत र ढकाल हाजिर
एक महिनाअघि अदालतको म्याद बुझेका ढकाल र महत विशेषमा बयानका लागि बुधबार हाजिर भए। शर्मा अझै उपस्थित भएका छैनन्।
महत र ढकाल बुधबार दिउँसो ३ बजेतिर मात्र अदालतमा हाजिर भए। समय अभावका कारण बयान सुरु भएन। बिहीबार बिहान १० बजे नै उपस्थित गराउने गरी अदालतले न्यायिक हिरासतमा लिएको छ। दुबैलाई डिल्लीबजार सदरखोरमा राखिएको छ। बिहीबारदेखि महत र ढकालको बयान हुनेछ।
पढ्नुस् : कर फछ्र्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल वयानका लागि विशेष अदालतमा हाजिर
थुनछेक बयानपछि इजलासले आरोपितद्वय महत र ढकाल धरौटी तिरे मुद्दाको कारबाहीमा सामेल हुने वा थुनामै रहेर मुद्दाको कारबाहीमा भाग लिन पाउने टुंगो लाग्नेछ। अदालती अभ्यास अनुसार महत र ढकालको धरौटी सम्भवना नै बढी हुनेछ।