PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

चुनाव प्रचारका क्रममा एमाले उम्मेदवार राजेन्द्र पाण्डे लडेर घाइते



पहिलोपोस्ट

चुनाव प्रचारका क्रममा एमाले उम्मेदवार राजेन्द्र पाण्डे लडेर घाइते

काठमाडौँः वाम गठबन्धनका तर्फबाट धादिङमा प्रदेशसभा सदस्य उम्मेदवार रहेका एमाले पोलिटव्यूरो सदस्य राजेन्द्र पाण्डे चुनाव प्रचारका क्रममा लडेर घाइते भएका छन्। बुधबार चुनाव प्रचारका क्रममा धुनीबेसी नगरपालिका मजुवा लिखुमा लडेर पाण्डे घाइते भएका हुन्। 

पाण्डेको टाउकोमा चोट लागेको छ। उनलाई नौविसेमा सामान्य उपचारपछि बुधबार नै मनमोहन अस्पताल ल्याइएको छ। 

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभामा पाण्डे वाम गठबन्धनका तर्फबाट उम्मेदवार छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell