PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पेरु ३६ वर्षपछि विश्वकपमा छनोट, यी हुन अर्को वर्ष रुसमा विश्वकप फुटबल खेल्ने ३२ राष्ट्र



पहिलोपोस्ट

पेरु ३६ वर्षपछि विश्वकपमा छनोट, यी हुन अर्को वर्ष रुसमा विश्वकप फुटबल खेल्ने ३२ राष्ट्र

सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ टोलीको ट्ङ्गो लागेको छ। पेरु अन्तिम टोलीको रुपमा विश्वकपमा छनोट भएको हो। अन्तरमहादेशिय प्लेअफमा न्यूजिल्याण्डलाई २-० ले पराजित गर्दै पेरु ३६ वर्षपछि विश्वकपमा छनोट भएको हो। न्यूजिल्याण्डमा भएको पहिलो लेग गोलरहित बराबरीमा खेलेको पेरुले घरेलु मैदानमा भएको दोस्रो लेगमा २-० को जित निकालेको हो।

सन् १९८२ मा विश्वकप खेलेयता पेरुको यो पहिलो सहभागिता हुनेछ।

आयोजक रुसले स्वत विश्वकपमा स्थान बनाउँदा बाँकी ३१ राष्ट्रले छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाए।

यसपटक छनोटमा केही उतारचढाए नतिजा पनि आए। चार पटकको विश्व च्याम्पियन इटली छनोट हुने सकेन। अहिलेसम्म विश्वकप जितेका ७ मध्ये ६ राष्ट्र रुसमा हुने विश्वकपमा छनोट हुँदा इटली मात्र अभागी साविक बन्यो।

यता सर्वाधिक पाँच पटकको विजेता ब्राजिल सबैभ्नदा पहिला छनोट हुने राष्ट्र बन्यो। ब्राजिल मात्र एक त्यस्तो राष्ट्र हो जसले अहिलेसम्म हरेक विश्वकपमा सहभागिता जनाएको छ।

यस्तै आइसल्याण्ड र पनामा पहिलो पटक विश्वकपमा छनोट भएका छन्।

रुस विश्वकपका लागि छनोट भएका ३२ मध्ये २० टिमले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप खेलेको थियो। जर्मनी विश्वकपको डिफेण्डिङ च्याम्पियन हो।

विश्वकप जुन १४ देखि जुलाई १५ सम्म रुसको विभिन्न ११ शहरकव १२ वटा स्टेडियममा हुँदैछ।

 

यी हुन् छनोट भएका ३२ राष्ट्र

युरोप : रुस, बेल्जियम, जर्मनी, इंगल्याण्ड, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्विया, पोर्चुगल, फ्रान्स, स्वीट्जरल्याण्ड, क्रोएसिया, स्वीडेन, डेनमार्क

एसिया : इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया, अष्ट्रेलिया

दक्षिण अमेरिका : ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्विया, पेरु

उत्तर अमेरिका : मेक्सिको, कोस्टारिका, पनामा

अफ्रिका : नाइजेरिया, इजिप्ट, सेनेगल, मोरोक्को, ट्युनिसिया

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell