PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

निर्वाचन आयुक्त प्रदेशगत रुपमा चुनावको अनुगमनमा जाने, कसको जिम्मेवारी कहाँ?



पहिलोपोस्ट

निर्वाचन आयुक्त प्रदेशगत रुपमा चुनावको अनुगमनमा जाने, कसको जिम्मेवारी कहाँ?

काठमाडौँः आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अनुगमन गर्न निर्वाचन आयुक्तहरुको समेत प्रदेश तोकिएको छ।

निर्वाचन आयोगले चुनावी अनुगमनका लागि आयुक्तहरुलाई तोकिएको प्रदेशको जिम्मेवारी दिएको हो। प्रमुख निर्वाचन आयुक्त भने कुनै पनि प्रदेशमा जान सक्नेछन्।

निर्वाचन प्रक्रियाको अनुगमनका लाति आयुक्तहरु नै प्रदेशगत रुपमा चुनावी मैदानमा खटिन लागेका हुन्। आयोगले निर्वाचन पर्यवेक्षणका लागि स्वदेशी र विदेशी गरी ५६ संस्थालाई पनि अनुमति प्रदान गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सबै आयुक्तहरुको प्रदेश तोकिएको जानकारी दिए।

आयोगका अनुसार प्रदेश १ मा आयुक्त नरेन्द्र दाहाल जानेछन्। यस्तै, प्रदेश २ र ३ मा आयुक्त इला शर्माको टोली परिचालन हुनेछ।

आयुक्त ईश्वरीप्रसाद पौड्यालले प्रदेश ४ र ५ को जिम्मेवारी पाएका छन्। आयुक्त सुधीरकुमार शाहले प्रदेश ६ र ७ मा अनुगमन गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell