दुबई : राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दुबई वाटर क्यानलको अवलोकन गरेकी छन्।मानव निर्मित दुबई वाटर क्यानल पुग्दा युएईका शिष्टाचार अधिकारीहरूले राष्ट्रपतिलाई दुबई क्यानल म्यारिनमा स्वागत गरेका थिए।
सन् २०१३ मा खुला गरिएको तथा सन् २०१६ को नोभेम्बर ९ मा उद्घाटन भएको र दुबईको बजार केन्द्र, चार होटेल, ४५० रेस्टुराँ, उच्चस्तरीय हाउजिङ भएर बग्ने उक्त क्यानलमा पैदल तथा साइकल मार्ग पनि छन्।
यस क्यानलको चौडाइ ८० देखि १२० मिटरसम्मको छ र यो ६ मिटर गहिराइको छ। आठ मिटर अग्लो पुल भएर बग्ने गरी यस क्यानलको संरचना तयार गरिएको छ। यस क्यानलले करिब ८० हजार वर्गमिटर क्षेत्र ओगटेको छ र यसले निजी जहाज तथा डुंगालाई व्यवसाय दिएको छ।रासस