PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नेकपाका कार्यकर्तामाथि प्रहरीको कडा निगरानी, सुनसरीमा पाँच पक्राउ



पहिलोपोस्ट

नेकपाका कार्यकर्तामाथि प्रहरीको कडा निगरानी, सुनसरीमा पाँच पक्राउ

इटहरी :  देशका विभिन्न स्थानमा भइरहेका बम विष्फोट र उम्मेदवार लक्षित आक्रमणका घटनाप्रति संवेदनशीलता अपनाउँदै सुरक्षा निकायले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति कडा निगरानी बढाउन थालेको छ। 

यसैक्रममा सुनसरीमा पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको चुनाव प्रचारप्रसारमा आक्रमण हुन सक्ने खतराप्रति संवेदनशीलता अपनाउँदै नेकपाका पाँचजना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

निर्वाचनमा अशान्ति फैलाउन सक्ने सम्भावित खतरालाई ध्यान दिँदै प्रहरीले बराहक्षेत्र–३ बाट इन्द्रबहादुर राई, धरान–१७ बाट जयकुमार राई, इटहरी–९ बाट रोशन ढकाल र लक्ष्मण कार्की तथा इटहरी–५ बाट रामप्रसाद राईलाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell