PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

‘उनीहरुले भनेर हुन्छ ? ज्योतिषले सातपटक प्रधानमन्त्री हुन्छस् भनेको छ’ : प्रधानमन्त्री



पहिलोपोस्ट

‘उनीहरुले भनेर हुन्छ ? ज्योतिषले सातपटक प्रधानमन्त्री हुन्छस् भनेको छ’ : प्रधानमन्त्री

धनगढी :  प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि आफू फेरि प्रधानमन्त्री हुने बताएका छन्। नेपाल प्रेस युनियनले धनगढीमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले कांग्रेसले जितेपछि सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने आफू मात्रै भएको बताए। 

उनले भने,‘ कांग्रेसले जितेपछि सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने म नै हुँ, अरु पार्टीका कोही प्रधानमन्त्री हुनेवाला छैनन्।’ 

विपक्षी नेताहरुले देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन् भनेर दिएको अभिव्यक्तितर्फ टिप्पणी गर्दै उनले भने,‘उनीहरुले भनेर हुन्छ, ज्योतिषले सातपटक प्रधानमन्त्री हुनुहुन्छ भनेको छ।’

प्रधानमन्त्रीले देशभरको शान्ति सुरक्षा सुदृढ र चुस्त पारिएकाले आगामी निर्वाचनमा निर्धक्कसँग मतदानमा सहभागी भएर निर्वाचन सफल पार्न मतदातालाई अपिल गरे। 

उनले जनतालाई सरकार बदल्ने र बनाउने अधिकार भएकाले कसैको डर, त्रास, धम्की, दबाब, लोभलालचमा नलागी चुनावमा सहभागी हुन आह्वान गरे। 

देउवाले अहिले पार्टी एकजुट भएर चुनावमा होमिने बेला आएको उल्लेख गर्दै पार्टीलाई विजयी गराउन सहयोग गरेमा कारबाहीमा परेकाहरुलाई कारबाही फुकुवा हुने बताए। उनले आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने दाबीसमेत गरे। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell