
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका कटुञ्जे वडा नं ६ मा महानगरीय ट्राफिक कार्यालय भवन निर्माण गरिने भएको छ।
महानगरीय ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले आज भवन शिलान्यास गर्दै नियमसंगतरूपमा काम गरेर ट्राफिक नियमलाई कडाइका साथ कार्यान्वयन गर्न र दुर्घटना न्यूनीकरण गर्न चनाखो भएर काम गर्न निर्देशन दिए।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीलाई स्थानीय समुदाय, चालक र सर्वसाधारणको सहयोग आवश्यक पर्नेमा पनि उनले जोड दिए।
भवन निर्माण समितिका अध्यक्ष नवीन प्रजापतिले कूल एक करोड ४१ लाख ८८ हजार ६५० रुपैयाँको लागतमा भूकम्प प्रतिरोधी भवन निर्माण हुने बताए।रासस