PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

वामपन्थीहरुको गठबन्धनबाट कांग्रेस अत्तालियोः माधव नेपाल



पहिलोपोस्ट

वामपन्थीहरुको गठबन्धनबाट कांग्रेस अत्तालियोः माधव नेपाल

काठमाडौँ :  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा सरकारको स्थायित्व कायम गरी देशलाई गरिबीको चक्रबाट बाहिर निकाल्न वाम गठबन्धनलाई जनताले जिताउनुपर्ने बताएका छन्। 

नेकपा एमाले कागेश्वरी मनहरा नगरपालिका–४ ले आज आयोजना गरेको कार्यकर्ता भेलामा नेपालले विगतमा सरकारको स्थिरता हुन नसक्दा देशमा पूर्वाधार निर्माण तथा विकासका कार्यले गति लिन नसकेकाले अब गठबन्धनलाई जनताले सहयोग गर्नुपर्ने बताए। 

अहिलेको चुनावी प्रणालीमा राजनीतिक दललाई बहुमत प्राप्त गर्न कठिन रहेको भन्दै नेपालले देशलाई अस्थिरताबाट निकास दिन वामपन्थी विचार मिल्ने दलले गठबन्धन गरेको उल्लेख गरे। 

नेपालले वाम गठबन्धन निर्माण भएपछि नेपाली कांग्रेस अत्तालिर  अधिनायकवादको उदय हुने भनेर भ्रम फैलाउन लागेकामा त्यस्तो तथ्यहीन तर्कका पछाडि नलाग्न आग्रह गरे।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell